कृषि तथा पशुपालनका लागि उपयुक्त जग्गा बिक्रि तथा लिजमा दिन निशुल्क लिस्टिंग गर्नुहोस /

April 18, 2020

लौन , घडेरी मात्र हैन , गाउघर तिरका जग्गाहरु पनि राख्न पर्यो / कृषि कर्म गर्नु पर्यो , मिलायर दिय १०-२० -५० – १०० रोपनी – कठ्ठा, किनेर नभय लिजमा लियर पनि खेतीपातीको काम गर्न पर्यो – अब खोज्दै कहाँ जाने , राख्नुस न तपाईको वेबसाइटमा / हामी बिदेशमा पनि कृषि पशु फर्ममा काम गरेको , नेपालमै केहि गर्नु पर्यो अब /

 

यस्तै धेरै अनुरोध आइरहेको छ हामीलाई , बाच्नका लागि खानु पार्यो , खानको लागि उत्पादन हुनु पर्यो , कृषि प्रधान देशमा अहिले हजारौं रोपनी जग्गा जमिन बाझियका छन् / हामी बाझियका जमिनलाइ किनेर – लिज भाडा तिरेर , त्यसमा आफ्नो पसिना पोखेर पौरख गर्छौं , उत्पादन गर्छौं , आफु खान्छौं – अरुलाई खुवाउछौ – तपाई हरुले कहाँ कहाँ उपलब्ध छन् त्यो जानाकारी वेबसाइटमा राखिदिनुस भन्ने अनुरोधको सम्मान गर्नु हाम्रो कर्तब्य हो /

 

तसर्थ : यदि तपाई संग कृषि तथा पशुपालन आदि प्रयोजनका लागि उपयुक्त जग्गा हरु छन् र बिक्रि गर्न तथा लिज – भाडामा दिन चाहनु हुन्छ भने , 31 May 2020 सम्मको लागि निशुल्क प्लानमा बिज्ञापन गर्न सक्ने व्यवस्था मिलाइयको छ , साथै सशुल्क प्लानमा बिज्ञापन गर्न चाहनु हुदा नियमित शुल्कमा ५०% छुट हुनेछ /

 

निशुल्क प्लानमा , घर जग्गा नेपालको वेबसाइटमा बिक्रि नहुदा सम्म लिस्टिंग हुनेछ भने १३ लाख ६० हजार Like Followers भएको फेसबुक पेजमा हरेक हप्ता १ पटक अधिकतम ८ पटक सम्म posting हुनेछ / बिज्ञापन प्लान सम्बन्धि थप जानाकारी हेर्नुहोस : https://www.gharjagganepal.com/list-property/

 

घर जग्गा नेपालमा बिज्ञापन गर्न , आफ्नो प्रोपर्टीको फोटो विवरण तल संलग्न गरिएको फर्म भरि पठाउनुहोस / आवस्यक विवरण र फोटो अपलोड गरि SUBMIT गर्नु भए पछि प्रोपर्टी विवरण हामीले प्राप्त गर्दछौं / फर्म भर्दा कुनै सहयोग चाहियामा यसै पेजमा रहेको कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोस /

Leave A Comment